काठमाण्डौ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिए ।
जसअनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ । किसानले आफ्नो उपजको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य तोकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
अर्थ चाैतारी ।