logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • २ अर्ब ६० करोड लागतमा जापानले बीपी राजमार्ग पुनर्निर्माण गर्ने, भयो शिलान्यास

    २ अर्ब ६० करोड लागतमा जापानले बीपी राजमार्ग पुनर्निर्माण गर्ने, भयो शिलान्यास

    351
    SHARES
    २ अर्ब ६० करोड लागतमा जापानले बीपी राजमार्ग पुनर्निर्माण गर्ने, भयो शिलान्यास

    काठमाण्डौ । रोशी खोलाको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको जटिल सडकखण्ड पुनर्निर्माणका लागि आज शिलान्यास गरिएको छ ।



    मध्य पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किलोमिटर सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनर्निर्माण हुन लागेको हो ।

    नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

    उक्त सडकखण्ड निर्माणको जिम्मा जापानी कम्पनी शीमीजु कर्पोरेशनले पाएको छ । २ अर्ब ६० करोड नेपाली रुपैयाँको अनुदान सहयोगमा निर्माण हुने यो खण्ड विशेष प्रविधि प्रयोग गरिने निर्माण हुने बताइएको छ ।

    रोशी खोलाको कटानका कारण अत्यधिक क्षति पुगेको यस सडकखण्ड बीपी राजमार्गकै सबैभन्दा चुनौतीपूर्ण भागमध्ये एक मानिन्छ ।


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट