logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • विकास हाइड्रोपावरको शेयर भोलिबाट कारोबारमा आउने

    विकास हाइड्रोपावरको शेयर भोलिबाट कारोबारमा आउने

    650
    SHARES
    विकास हाइड्रोपावरको शेयर भोलिबाट कारोबारमा आउने

    काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीको शेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।



     

    विकास हाइड्रोपावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ। त्यसैले यो कम्पनीको शेयर पनि भोलिबाट कारोबारमा आउनेछ।

     

    नेप्सेमा विकास हाइड्रोपावरको कुल ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४६ लाख ३६ हजार ४१७ कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको ४४ लाख ५४ हजार ५९६ कित्ता (४९ प्रतिशत रहेको छ।

     

    नेप्सेले विकास हाइड्रोपावरलाई बीएचसीएल कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९७.४३ रुपैयाँ र अधिकतम २९२.२९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

     

    यदि भोलि स्पेसल प्रिसेसन यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबारमा आयो भने नियमित सत्रका लागि कारोबारमा आउनेछ।

     

    विकास हाइड्रोपावरले गत असार १८ गतेदेखि असार २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट असार २९ गते धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा गरिएको थियो।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट