काठमाण्डौ । सेयरबजारमा निरन्तर गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन पनि नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेको हो।
यस दिन ५ अर्ब १४ करोडको कारोबार भएको छ। १ करोड २७ लाख कित्ता कारोबारमा उक्त कारोबार भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको छ भने एउटा सेयर अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज पनि हिमस्टार ऊर्जा कम्पनीको ९.९८ प्रतिशतले सेयर बढेको छ। यसबाहेक विन्ध्यवासिनी हाइड्रो, माथिल्लो मैलुङ खोला, उपकार लघुवित्तको सेयर बढेका छन्।
त्यसैगरी वाराही हाइड्रोपावर, पिपुल्स पावर, दिव्येश्वरी हाइड्रोपावरको सेयर भने अधिकतम ३.८३ प्रतिशतसम्मले मूल्य घटेको छ। आज कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि छ। कम्पनीको ३५ करोडको कारोबार हुँदा विन्ध्यवासिनी हाइड्रोपावरको १९ करोड, हिमालयन रिको १७ करोडको कारोबार भएको छ।
अर्थ चाैतारी ।