logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आज पनि घट्यो सेयर बजार, कारोबार ४ अर्ब ४० करोड

    आज पनि घट्यो सेयर बजार, कारोबार ४ अर्ब ४० करोड

    1.2K
    SHARES
    आज पनि घट्यो सेयर बजार, कारोबार ४ अर्ब ४० करोड

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३२ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७०८.४५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत को गिरावट हो। यस दिन कुल ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



     

    आज बजारमा ७९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा हिमस्टार हाइड्रको ९.९७ प्रतिशत र नेपाल इन्भेष्टमेन्टबैंकको इन्भेष्टमेन्ट प्लान ५.८३ प्रतिशत रहेका छन्। अन्य धेरै घटबढ हुने कम्पनीहरूमा युनाइटेड पावर कम्पनी, (५.१२ प्रतिशत) रहेका छन् ।

     

    समूहगत परिसूचकतर्फ, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.२७ अङ्कले बढेको छ भने अन्य सबै समूहको परिसूचकमा गिरावट आएको छ । बैंकिङ सबइन्डेक्स ९.३४ अङ्कले, विकास बैंक ५६.८० अङ्कले, वित्त २.३९ अङ्कले, होटेल र पर्यटन ३३.११ अङ्कले, हाइड्रोपावर २३.४५ अङ्कले, लगानी १०८.०९ अङ्कले, जीवन बीमा ५१.६४ अङ्कले, माइक्रोफाइनान्स ९.४३ अङ्कले, म्युचुअल फण्ड ०.०८ अङ्कले, निर्जीवन बीमा २२.८६ अङ्कले, अन्य ३२.२६ अङ्कले र ट्रेडिङ ९.८९ अङ्कले घटेको छ । सबैभन्दा बढी घट्ने समूह लगानी र सबैभन्दा बढी बढ्ने समूह उत्पादन तथा प्रशोधन रहेको छ ।

     

    कारोबार रकमका आधारमा उत्कृष्ट कम्पनीहरूमा २९ करोड ९९ लाख, नेपाल पुनर्बीमा कम्पनी २७ करोड ४६ लाख), एभरेष्ट बैंक (२२ करोड १५ लाख), रहेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट