logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन

    दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन

    3.2K
    SHARES
    दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन

    काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाण्डौको नक्सालस्थित होटल हिलटनमा अान्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् ।



     

    आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए ।

     

    नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन ।

     

    ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।

     


    अर्थ चाैतारी
  • बुधबार, २५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट