logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • जेन–जी आन्दोलनमा मृतक ७४ जनाको शोकमा पत्रकार महासंघद्वारा दीप प्रज्वलन

    जेन–जी आन्दोलनमा मृतक ७४ जनाको शोकमा पत्रकार महासंघद्वारा दीप प्रज्वलन

    1.4K
    SHARES
    जेन–जी आन्दोलनमा मृतक ७४ जनाको शोकमा पत्रकार महासंघद्वारा दीप प्रज्वलन

    काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका ७४ जनाको सम्झनामा नेपाल पत्रकार महासंघले बुधबार साँझ माइतिघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। महासंघका पदाधिकारीसहित विभिन्न सञ्चार संस्थाका पत्रकारहरूको उपस्थितिमा श्रद्धाञ्जलि स्वरूप दीप प्रज्वलन गरिएको हो।



     

     

    सरकारले पनि जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा असोज २ गते (आज) देशभर सार्वजनिक बिदा दिएको छ।

    आन्दोलन शान्तिपूर्ण बनाइरहेका प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा उनीहरूले सहादत प्राप्त गरेका थिए। कार्यक्रममा सहभागी पत्रकारहरूले सहिदहरूलाई सम्मान गर्न दीप प्रज्वलन गर्दै ‘सहिदको बलिदानलाई नबिर्सौं, लोकतन्त्र र नागरिक अधिकारको रक्षा गरौं’ भन्ने सन्देश दिएका थिए।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट