logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी

    शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी

    221
    SHARES
    शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यले करार सेवामा रोजगारी पाएका छन्। शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा १६ जनालाई करारमा नियुक्त गर्दै रोजगारी दिएको हो।



    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत तथा रोजगारी उपलब्ध गराउने सरकारको निर्णयअनुसार नियुक्ति गरिएको हो। सरकार र आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौताअनुसार पहिलो चरणमा उनीहरूलाई शैक्षिक योग्यताका आधारमा प्राधिकरणका विभिन्न कार्यालयमा नियुक्त गरिएको हो।

    प्राप्त निवेदन र शैक्षिक योग्यताको मूल्याङ्कनपछि उनीहरूलाई पायक पर्ने कार्यालयमा नियुक्त गरिएको छ। प्राधिकरणले शहीद परिवारका सदस्यलाई बढीमा तीन तहसम्मको पदमा करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रारम्भिक चरणमा प्राप्त २७ वटा निवेदनमध्ये आवश्यक प्रक्रिया पूरा गरेका १६ जनाले नियुक्ति दिएको प्राधिकरणले जनाएको छ। बाँकी निवेदनमाथि आवश्यक प्रक्रिया जारी छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट