काठमाण्डौ । फिफा विश्वकप-२०२६ अन्तर्गत घाना र पानामाबिच हाल जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।
टोरन्टो रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बनेको हो।
पहिलो हाफमा दुवै टोलीले उत्कृष्ठ खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन्।
दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाए। दुवैतर्फका गोलकिपरले विपक्षीकाे प्रहारको उत्कृष्ट बचाउ गरेका छन्।
अर्थ चाैतारी ।