logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • दशैंमा बससेवाको धमाकेदार अफर: टिकट काट्ने ५ जनाले खसी पाउने!

    दशैंमा बससेवाको धमाकेदार अफर: टिकट काट्ने ५ जनाले खसी पाउने!

    2.2K
    SHARES
    दशैंमा बससेवाको धमाकेदार अफर: टिकट काट्ने ५ जनाले खसी पाउने!

    काठमाण्डौ । दशैं नजिकिँदै गर्दा बससेवाले यात्रुहरूलाई लक्षित गरी आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले यस वर्षको दशैंका लागि बस र हवाई टिकट बुकिङ खुला गरेको छ। यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमार्फत नेपालभरका ७० भन्दा बढी जिल्लाका लागि सजिलै टिकट काट्न सक्नेछन्।



     

    बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार कम्पनीले भदौ १५ गतेदेखि आंशिक रूपमा टिकट बुकिङ सुरु गरिसकेको थियो। अहिले भने सबै गन्तव्यका लागि बुकिङ खुला गरिएको छ।

     

    आकर्षक अफरहरू

    बससेवा मोबाइल एप वा वेबसाइटमार्फत हवाई टिकट काट्ने यात्रुले ५ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। यो अफर मंसिर महिनासम्म लागू हुनेछ।

    अग्रिम टिकट काट्ने यात्रुहरूमध्ये ५ जनाले उपहारस्वरूप खसी पाउनेछन्।

    त्यस्तै, १०० जनाले निःशुल्क बस टिकट र ५० जनाले २ हजार रुपैयाँ बराबरको लुगा खरिद गर्ने अवसर प्राप्त गर्ने व्यवस्था गरिएको छ।

    टिकट कसरी काट्ने?

    १. बससेवा मोबाइल एप डाउनलोड गर्नुहोस्।
    २. एप खोलेर आफू जान चाहेको स्थान र मिति चयन गर्नुहोस्।
    ३. ‘सर्च’ बटनमा थिचेपछि उपलब्ध बस, समय र मूल्य देखिनेछ।
    ४. उपयुक्त बस र सिट छानेर आवश्यक विवरण भर्नुहोस्।
    ५. बैंक वा डिजिटल वालेटमार्फत भुक्तानी गरेपछि टिकट बुकिङ सफल हुनेछ।

    बससेवाले यात्रुलाई सजिलो, सुरक्षित र सहज सेवा दिने उद्देश्यले दशैं विशेष अफर ल्याएको जनाएको छ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट