काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा साउन महिनाको योगदान रकम जम्मा गर्ने म्याद थप गरिएको छ। कोषले एक सूचना जारी गर्दै असहज परिस्थिति भएकै कारण रकम जम्मा गर्ने अन्तिम समयसीमा ५ असोजसम्म लम्ब्याइएको जानकारी दिएको हो।
कोषका अनुसार रोजगारीदाता र योगदानकर्ताहरूले अब तोकिएको म्यादभित्र रकम सहजै जम्मा गर्न सक्नेछन्।
यसअघि साउन महिनाको योगदान वापतको रकम तोकिएको समयमै बुझाउनुपर्ने व्यवस्था थियो। तर, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै म्याद थप गरिएको कोषले जनाएको छ।
अर्थ चौतारी ।