logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • वैदेशिक व्यापारमा २६ प्रतिशत वृद्धि, तर तीन महिनामै व्यापार घाटा करिब ४ खर्ब

    वैदेशिक व्यापारमा २६ प्रतिशत वृद्धि, तर तीन महिनामै व्यापार घाटा करिब ४ खर्ब

    2.3K
    SHARES
    वैदेशिक व्यापारमा २६ प्रतिशत वृद्धि, तर तीन महिनामै व्यापार घाटा करिब ४ खर्ब

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (साउन–असोज) नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। तर, आयात उच्च दरले बढ्दा देशको व्यापार घाटा अझै पनि करिब चार खर्ब रुपैयाँ पुगेको छ।



     

    भन्सार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म कुल ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको व्यापार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो।

    यस अवधिमा आयात ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ — अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशत वृद्धि।
    त्यस्तै, निर्यात ८९.६४ प्रतिशतले बढ्दै ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

     

    निर्यातमा तीव्र वृद्धि भए पनि व्यापार घाटा अझै ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ छ, जुन गत वर्षको तुलनामा १२.१८ प्रतिशत बढी हो।

     

    भन्सार विभागका अनुसार कुल व्यापारमा आयातको हिस्सा ८६.५४ प्रतिशत छ, जुन अघिल्लो वर्षभन्दा ४.९६ प्रतिशतले घटेको हो। निर्यातको हिस्सा भने १३.४६ प्रतिशत पुगेको छ — अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी सुधार।

     

    विश्लेषकहरूको भनाइमा, निर्यातमा वृद्धि हुनु उत्साहजनक भए पनि आयात अझै पनि उच्च स्तरमै रहँदा देशको व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन बाँकी छ।


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट