logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

    बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

    1.1K
    SHARES
    बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

    काठमाण्डौ । नेकपा एमालेनिकट युवा संघले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।



     

    राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्।

     

    उनीहरूले जनप्रतिनिधिले अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत राजनीतिक दल छिमेकी राष्ट्रमाथि टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका छन्।

     

    बालेनले केही दिनअघि राजनीतिक दल र छिमेकी राष्ट्र भारत र चीनसहितलाई अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उक्त स्टाटस उनले फेसबुकबाट केहीबेरमै हटाएका थिए।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट