logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • नेपाल बैंकले पहिलो त्रैमासमा ५८ करोड नाफा कमायो

    नेपाल बैंकले पहिलो त्रैमासमा ५८ करोड नाफा कमायो

    962
    SHARES
    नेपाल बैंकले पहिलो त्रैमासमा ५८ करोड नाफा कमायो

    काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।



     

     

    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २.३१ प्रतिशतले घटेको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

     

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशतले बढेको छ भने फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशतले घटेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशतले वृद्धि भएको र सञ्चालन मुनाफा ३२.८१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।

    तर, बैंकको वितरणयोग्य मुनाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

     

     

    समीक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी (EPS) ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १५.०५ गुणा रहेको छ।

     

     

    नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित रहेको छ।
    असोज मसान्तसम्म बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख गरिएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट