काठमाण्डौ । हिमालयन बैंककाे नाफा समान्य घटेकाे छ । असाेज मसान्तसम्म बेंकले ७० करोड २८ लाख रूपैयाँ खुद नाफा कमाएकाे छ । बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणले यस्ताे देखाएकाे हाे । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंककाे नाफा ३.२४ प्रतिशत कम हाे ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ ।
यता समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेकाे छ । असाेज मसान्तसम्ममा यस्ताे आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा भने ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
अर्थ चौतारी ।