logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • विवाहित-अविवाहितको छुट्टाछुट्टै कर प्रणाली हट्यो, १० लाखसम्मको आयमा १ प्रतिशतमात्रै कर

    विवाहित-अविवाहितको छुट्टाछुट्टै कर प्रणाली हट्यो, १० लाखसम्मको आयमा १ प्रतिशतमात्रै कर

    390
    SHARES
    विवाहित-अविवाहितको छुट्टाछुट्टै कर प्रणाली हट्यो, १० लाखसम्मको आयमा १ प्रतिशतमात्रै कर

    काठमाण्डाै । सरकारले मध्यम वर्गलाई राहत दिने नीतिअनुरूप आयकरको सीमामा व्यापक फेरबदल गरेको छ। सरकारले यसअघि अविवाहित र विवाहित दम्पती भनेर दोहोरो आयकरको प्रावधानलाई फेर्दै अब विवाहित वा अविवाहित दुवैलाई एउटै दर तोकेर आयकर असुल्ने भएको हो।



    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक विधेयकमा अब १० लाख रुपैयाँसम्म व्यक्तिगत आय गर्नेले १ प्रतिशत मात्रै सामाजिक सुरक्षा कर तिर्नुपर्ने छ। हाल अविवाहितले ५ लाख र विवाहितले ६ लाख वार्षिक कमाउँदा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्छ।

    अब १० देखि १५ लाखसम्म आम्दानी गर्नेले १० प्रतिशत, १५ देखि २५ लाखसम्म कमाउनेले २० प्रतिशत, २५ देखि ४० लाखसम्म आम्दानी गर्नेले २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी कमाउनेले २९ प्रतिशत मात्रै व्यक्तिगत आयकर तिरे पुग्छ। हाल अविवाहितले ५ देखि ७ लाख र विवाहितले ६ देखि ८ लाख रुपैयाँ आम्दानी गर्दा १० प्रतिशत आयकर तिर्नुपर्छ। यस्तै, अविवाहितले ७ देखि १० लाख रुपैयाँ र विवाहितले ८ देखि ११ लाख रुपैयाँ आम्दानी गर्दा २० प्रतिशत आयकर तिर्नुपर्छ।

    यस्तै, अविवाहितले १० देखि २० लाख र विवाहितले ११ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दा ३० प्रतिशतको स्ल्याबमा पर्छ। अविवाहित वा विवाहित दुवैले २० देखि ५० लाख रुपैयाँ कमाउँदा समान ३६ प्रतिशत आयकर तिर्नुपर्छ भने वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने दुवै विवाहित र अविवाहितले सर्वाधिक ३९ प्रतिशत आयकर तिर्नुपर्छ।

    शुक्रबार प्रस्तुत आर्थिक विधेयकले हाल विद्यमान रहेको सर्वाधिक ३९ प्रतिशतको आयकरलाई १० प्रतिशतले घटाउँदै २९ प्रतिशत कायम गरेको छ।


    अर्थ चाैतारी
  • शनिबार, १६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट