काठमाण्डौ । सरकारले सेयर र घरजग्गामा पुँजीगत लाभकर बढाएको छ । शुक्रबार संघीय संसदको संयुक्त सदनमा आर्थिक विधेयक पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगत लाभकर बढाइदिएका हुन् ।
अर्थमन्त्रीले बजेट भाषणका क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम भएको घोषणा गरेका थिए । तर, आर्थिक विधेयकमा भने यस्तो कर बढाएका हुन् ।
हालसम्म १ वर्षभन्दा कम समय होल्ड गर्दा साढे ७ प्रतिशतभन्दा त्योभन्दा बढी सयम सेयर होल्ड गर्नेले ५ प्रतिशतमा पुँजीगत लाभकर तिर्नुपर्दथ्यो । अब भने अल्पकालीन लगानीकर्ता वा सेयर कारोबारीले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ । यसैगरी सेयरको दीर्घकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।
यता घरजग्गा बिक्री गर्दा भएको पुँजीगत लाभमा पनि अबदेखि साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ । यसअघि यस्तो कर ५ प्रतिशतमात्र तिर्नुपर्दथ्यो ।
अर्थ चाैतारी ।