logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

    विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

    299
    SHARES
    विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

    काठमाण्डौ । विशेष अदालत काठमाण्डौले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार म्याद थपको अनुमति दिएको छ।



    न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले अनुमति दिएको हो।  पौडेललाई २० दिन हिरासतमा राख्न अनुमतिका माग गरिएको थियो।

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो।

    पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाण्डौ ल्याइएको थियो।

    उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाण्डौ ल्याइएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट