logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा

    गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा

    377
    SHARES
    गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा

    काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले भने ।

    प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ ।

    गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा छन् । उनले एअरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएको बताइएको छ ।

    यद्यपि गृहमन्त्री गुरुङको सचिवालयले भने कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको भन्दै समाचारको खण्डन गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट