logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • स्टयान्डर्ड चार्टर्ड बैंकले कमायाे ८६ करोड २२ लाख नाफा, घटे प्रमुख सूचकहरु

    स्टयान्डर्ड चार्टर्ड बैंकले कमायाे ८६ करोड २२ लाख नाफा, घटे प्रमुख सूचकहरु

    1.2K
    SHARES
    स्टयान्डर्ड चार्टर्ड बैंकले कमायाे ८६ करोड २२ लाख नाफा, घटे प्रमुख सूचकहरु

    काठमाण्डौ । स्टयान्डर्ड चार्टर्ड बैंककाे नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंककाे नाफा १९.७२ प्रतिशले घटेको छ । गत आवको सोही अवधिमा ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।



     

    समिक्षा अवधिमा बैकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ८.३६ प्रतिशतले घटेर १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको छ । यस्तै यस अवधिमा कैंकाे सञ्चालन नाफामा पनि गिरावट आएकाे छ । असाेज मसान्तसम्म बैंककाे सञ्चालन मुनाफा १९.६८ प्रतिशतले घटेर ९८ करोड ९३ लाखमा झरेको छ ।

     

     

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ३६.४० रुपैयाँ रहेको छ । यता बैंककाे खराब कर्जा दर भने केहि घटेकाे छ । गत आवको सोही अवधिमा १.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु असोज मसान्तसम्म १.७१ प्रतिशत रहेको छ ।

     

    यस्तै बैंकको प्रयिशेयर आम्दानी २७.५७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ । १० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले एक खर्ब २९ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिमा बैंक ७० अर्ब ११ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट