काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन्। यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट बोनश र नगद दुवै किसिमका लाभांश वितरण गर्ने भएका हुन्।
लाभांश घोषणा गर्ने कम्पनीहरूमा मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सेञ्चुरी इनर्जी, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो इनर्जी, युनिभर्सल पावर कम्पनी, भगवती हाइड्रोपावर, र माउन्टेन इनर्जी नेपाल रहेका छन्।
🔹 मिड सोलु हाइड्रोपावर — कुल १५.७८९% लाभांश (१५% बोनश, ०.७८९% नगद)
🔹 सिक्लेस हाइड्रोपावर — कुल १५.७८९% लाभांश (१५% बोनश, ०.७८९% नगद)
🔹 अरुण भ्याली हाइड्रोपावर — कुल ८.४२१% लाभांश (८% बोनश, ०.४२१% नगद)
🔹 सेञ्चुरी इनर्जी — कुल ३५% लाभांश (२५% बोनश, १०% नगद)
🔹 सिङगटी हाइड्रो इनर्जी — ५% बोनश शेयर
🔹 हिलटन हाइड्रो इनर्जी — ५.२६३% नगद लाभांश
🔹 युनिभर्सल पावर कम्पनी — ९.४७३७% लाभांश (९% बोनश, ०.४७३७% नगद)
🔹 भगवती हाइड्रोपावर — कुल २०% लाभांश (१४% बोनश, ६% नगद)
🔹 माउन्टेन इनर्जी नेपाल — कुल २१.०५२६% लाभांश (२०% बोनश, १.०५२६% नगद)
माउन्टेन इनर्जीले आगामी मंसिर १७ गते बुक क्लोज मिति तोकेको छ। यस मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाउने र साधारण सभामा सहभागी हुने अवसर पाउने छन्।
हाइड्रोपावर क्षेत्रका धेरै कम्पनीहरूले यो वर्ष पनि आकर्षक लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरूमा उत्साह बढेको देखिएको छ।
अर्थ चौतारी ।