logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • मन्त्री खनालको दाबी: अर्थ मन्त्रालय हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ

    मन्त्री खनालको दाबी: अर्थ मन्त्रालय हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ

    1.7K
    SHARES
    मन्त्री खनालको दाबी: अर्थ मन्त्रालय हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । शनिबार काठमाण्डौमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।



     

    अर्थ मन्त्रालयले कुनैपनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो । जेनजी आन्दोलनको मर्मअनुसार आफूले भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरिएको समेत बताए ।

     

     

    उनले भने,‘हाम्रो अहिले अर्थ मन्त्रालय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने, कार्यान्वयन गरिहाल्ने अवस्थामा छौं । कुनै पनि निर्णय गर्न विलम्व गरेका छैनौं । आश्वासनले मुलुकको विकास हुँदैन । आश्वासनले यहाँहरुलाई आश्वस्त पार्न सकिँदैन । जेनजी मोभमेन्टले हामीलाई एउटा घचघभ्च्याएको विषयबस्तु के हो भने मुलुकमा सुशासन हुन सकेन भने भ्रष्टाचार न्युनिकरण हुन सकेन भने जस्तोसुकै कुरा गरेपनि आम नागरिकले मुलुक भित्र काम गर्ने अवसर पाउन सक्दैनन ।’

     

     

    अर्थमन्त्री खनालले सबै नागरिकले रोजगारीका लागि विदेश जार्नैपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताए ।


    अर्थ चौतारी
  • आइतबार, २३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट