logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • जिपको ठक्करले साँडेपानीमा पैदल यात्रीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बौनियाँदेखि सुखडसम्म बन्द

    जिपको ठक्करले साँडेपानीमा पैदल यात्रीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बौनियाँदेखि सुखडसम्म बन्द

    1.1K
    SHARES
    जिपको ठक्करले साँडेपानीमा पैदल यात्रीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बौनियाँदेखि सुखडसम्म बन्द

    धनगढी । कैलालीमा जिपको ठक्करले साँडेपानीमा पैदल यात्रीको मृत्यु भएको छ। घटनापछि राजमार्ग बौनियाँदेखि सुखडसम्म अहिले बन्द छ। आइतबार बिहान ५:३० बजे घोडाघोडी नगरपालिका– २ टनकपुर स्थित पूर्व– पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदैगरेको लु २ च २३५८ नं तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो।



     

    ठक्करका कारण बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सिपुर बस्ने वर्ष ५५ का साइकल यात्री शंकर डगौराको मृत्यु भएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा डाक्टरले मृत्यु घोषणा गरेको थियो। उनको शव सोही अस्पतालमा छ।जिपको ठक्करका कारण अन्य तीन जना घाइते भएका छन्। ठक्कर खाएका घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने वर्ष ५४ का पैदल यात्री पदम बहादुर शाही घाइते छन्। उनको बाँया खुट्टा,बाँया हातमा चोट लागेको छ। अवस्था मध्यम रहेको र उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

     

    यस्तै बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सिपुर बस्ने वर्ष ४५ का साइकल यात्री हर्क बहादुर डगौरा घाइते भएका छन्। उनको वाँया हात, खुट्टा र छतिमा चोट लागेको छ। हालको उनको अवस्था मध्यम रहेको छ। उनको सि।यस अस्पताल सुखडमा उपचार भइरहेको छ।

     

    यस्तै सोही ठाउँका २५ वर्षका साइकल यात्री कृष्ण डगौरा घाइते छन्। उनको वाँया हात, खुट्टा र छातीमा चोट लागेको छ। हालको उनको अवस्था मध्यम छ भने सियस अस्पताल सुखडमा उपचार भइरहेको छ। घटनापछि चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ बस्ने वर्ष २३ को सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरीले मुचुल्का तयार गरिरहेको छ। अहिले पूर्वपश्चिम राजमार्ग बन्द हुँदा सवारी साधन ठप्प छन्।


    अर्थ चौतारी
  • आइतबार, २३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट