logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • विनोद भण्डारी ‘ब्रेड बक्स’को ब्रान्ड एम्बेसेडर नियुक्त

    विनोद भण्डारी ‘ब्रेड बक्स’को ब्रान्ड एम्बेसेडर नियुक्त

    2.6K
    SHARES
    विनोद भण्डारी ‘ब्रेड बक्स’को ब्रान्ड एम्बेसेडर नियुक्त

    काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली ‘ए’का कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई ‘ब्रेड बक्स’ ब्रान्डको ब्रान्ड एम्बेसेडर नियुक्त गरिएको छ।



     

    ‘कफी मेकर’ कम्पनी ब्रेड बक्सका मालिक सुवास शाही र क्रिकेटर भण्डारीबीच एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। कम्पनीले सो सम्झौता अवधि आवश्यकताअनुसार थप गर्न सकिने जनाएको छ।

     

    ब्रेड बक्सले उक्त सहकार्यले कफी र क्रिकेटबीचको सम्बन्धलाई सुदृढ पार्नुका साथै युवाहरूमाझ प्रेरणादायी सन्देश पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

     

    कम्पनीका अनुसार भण्डारीको मेहनत, अनुशासन र खेलकुदप्रतिको समर्पण ब्रेड बक्सको ब्रान्ड मूल्यसँग मेल खाने गुण भएको बताइएको छ।

     

    “यो सहकार्यले युवाहरूमाझ सकरात्मक सोच, अनुशासन र सपनाप्रति प्रतिबद्धता जगाउनेछ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

     

    ब्रेड बक्सले यस साझेदारीमार्फत नेपाली खेलकुद र उद्यमशीलताको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेको छ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट