logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बक्यौता बुझाउने सहमतिपछि देशभरका उद्योगमा पुनः बिजुली बल्यो

    बक्यौता बुझाउने सहमतिपछि देशभरका उद्योगमा पुनः बिजुली बल्यो

    1.3K
    SHARES
    बक्यौता बुझाउने सहमतिपछि देशभरका उद्योगमा पुनः बिजुली बल्यो

    काठमाण्डौ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगहरूले किस्ताबन्दीमा रकम बुझाएपछि देशभर लाइन काटिएका उद्योग प्रतिष्ठानहरूमा पुनः विद्युत् आपूर्ति सुचारु गरिएको छ।



     

    नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको २८ किस्तामध्ये पहिलो किस्ता तिरेका उद्योगहरूमा विद्युत् वितरण पुनः सुरु गरेको हो।

     

    पहिले बक्यौता नतिरेको कारण देशभरका २५ उद्योगको लाइन काटिएको थियो। तीमध्ये अहिले अधिकांशले किस्ता तिरेर लाइन पुनः सञ्चालनमा ल्याएका छन्। तर, एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले अझै भुक्तानी नगरेकाले ती उद्योग बन्द नै छन्।

     

    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, प्रिमियम बक्यौताका कारण मात्रै कुनै उद्योगको लाइन काटिएको अवस्था अहिले छैन।

     

    प्राधिकरणले असोज १२ गते सूचना जारी गर्दै उद्योगहरूलाई २८ किस्तामा बक्यौता तिर्न २१ दिनको समय सीमा दिएको थियो।

     

    किस्ताबन्दी सुविधामा १४ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ, र सिमरास्थित अशोक स्टिल्सले ६३ लाख रुपैयाँ बुझाएका छन्।

     

    यससँगै अधिकांश उद्योगमा पुनः विद्युत् आपूर्ति सामान्य अवस्थामा फर्किएको प्राधिकरणले जनाएको छ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट