logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • गार्डियन माइक्रो लाइफको ३३.६६%ले बढ्यो नाफा, जीवन बीमा कोष साढे ३४ करोड माथि

    गार्डियन माइक्रो लाइफको ३३.६६%ले बढ्यो नाफा, जीवन बीमा कोष साढे ३४ करोड माथि

    1.1K
    SHARES
    गार्डियन माइक्रो लाइफको ३३.६६%ले बढ्यो नाफा, जीवन बीमा कोष साढे ३४ करोड माथि

    काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



    वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ३३.६६ प्रतिशतले बढेको छ।

     

    समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३२ लाख ९३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ करोड २१ लाख ९१ हजार रुपैयाँ र अन्य इक्विटीमा २ करोड १ लाख ४५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २५ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ५८ लाख ८६ हजार रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ हजार रुपैयाँ थियो।

     

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ५ करोड २५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ५९३.४७ प्रतिशतले बढेको छ।

     

    समीक्षा अवधिसम्म कम्पनीले १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४१.९७ प्रतिशतले बढेको छ।

     

    कम्पनीले चालु वर्षको असोजसम्म ११ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११९.४५ प्रतिशतले बढेको छ।

    शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.०४ रुपैयाँ थियो। पीई रेसियो ५११.९३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.४१ रुपैयाँ रहेको छ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट