logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • तरलता बढ्नु र कर्जा प्रवाह नहुनु बैंकिङ क्षेत्रको मात्रै नभई अर्थतन्त्रकै समस्या होः उपाध्याय

    तरलता बढ्नु र कर्जा प्रवाह नहुनु बैंकिङ क्षेत्रको मात्रै नभई अर्थतन्त्रकै समस्या होः उपाध्याय

    936
    SHARES
    तरलता बढ्नु र कर्जा प्रवाह नहुनु बैंकिङ क्षेत्रको मात्रै नभई अर्थतन्त्रकै समस्या होः उपाध्याय

    काठमाण्डौ । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ प्रणालीमा तरलता धेरै हुनु र कर्जा प्रवाह नहुनु समग्र अर्थतन्त्रकै लागि समस्या भएको बताएका छन् ।



     

    सिबिफिनको छैठौं वार्षिक साधारणसभामा बोल्दै महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्यायले तरलता धेरै हुनु र कर्जा प्रवाह नहुनु बैंकिङ क्षेत्रको मात्रै नभई सिङ्गो अर्थतन्त्रकै समस्या भएको बताएका हुन् ।

     

    यद्यपी, अहिले देखिएको यो समस्याको समाधान भने रहेको उनको भनाइ छ । निजी क्षेत्रले असजिलो समयमा पनि अवसर देख्ने भएकाले नेपालको निजी क्षेत्रले तरलता उपयोग गरेर प्रतिफल निकाल्ने उनको विश्वास छ ।

     

    ‘पर्यटक बढ्दै छन्, पुननिर्मानले पनि अर्थतन्त्र चलाय्मन बनाउँछ’ उनले भने, ‘चुनावले पनि अर्थचलायमान बनाउँछ । लोकतन्त्रमा चुनाव हुनै पर्छ । त्यसपछि बैंकका समस्या पनि समाधान हुनेछन् ।’


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट