logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • एनएफआर–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

    एनएफआर–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

    1.5K
    SHARES
    एनएफआर–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

    काठमाण्डौ । शिखर इन्स्योरेन्स नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७, इन्स्योरेन्ज कन्ट्रयाक्ट (एनएफआरएस–१७) बमोजिम वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बीमा कम्पनी बनेको छ।



     

    शिखर इन्स्योरेन्सले एनएफआरएस–१७ बमोजिम चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमासिकको संक्षिप्त वित्तीय विवरण तयार गरी प्रकाशित गरेकोहो। नेपाल लेखामान बोर्डबाट चालु आर्थिक वर्षबाट लागू हुने गरी जारी गरिएको यस वित्तीय प्रतिवेदनमान लागू गर्ने नेपालको पहिलो कम्पनीका रुपमा शिखर इन्स्योरेन्स बनेको छ।

     

    कम्पनीबाट नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरणसम्बन्धी निर्देशिकाबमोजिमको त्रैमासिक वित्तीय विवरणसँगै एनएफआरएस–१७ बमोजिमको संक्षिप्त वित्तीय विवरणसमेत प्रकासित गरिएकोे हो । यस उपलब्धि पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ अघि बढिरहेको सम्पूर्ण नेपाली बीमा क्षेत्रका लागि एक ऐतिहासिक कदमका रुपमा रहेको कम्पनीले जनाएको छ।

     

    यस उपलब्धिले प्रचलित व्यवस्थाहरुको अनुपालनप्रति शिखर इन्स्योरेन्सको प्रतिवद्धता र निरन्तर सुधारप्रतिको समर्पणलई प्रतिविम्बित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसले विश्वव्यापी उत्कृष्ट अभ्यासहरु आत्मसात गर्न तथा बीमा क्षेत्रलाई आधुनिकिरण, विश्वसनीयता र पेसागत उत्कृष्टताको नयाँ युगतर्फ नेपाली बीमा कम्पनीहरुकोे तत्परतालाई समेत पुष्टि गर्ने कम्पनीको भनाइ छ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट