काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति, चोभारले करार सेवामा १९ जना कर्मचारी माग गरेको छ।
समितिले आज सूचना जारी गर्दै नयाँ सञ्चालक कम्पनी छनोट भएर हस्तान्तरण नहुन्जेल वा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन गर्ने प्रयोजनार्थ अस्थायी दरबन्दीका पदहरूमा कर्मचारी माग गरिएको जनाएको हो।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा करार सेवामा कर्मचारीकाे पदपूर्ति गरिने सूचनामा उल्लेख छ।
वरिष्ठ सहायक पाँचौ तहमा चार जना, फोरमेन चौथो तहमा दुई जना, कार्यालय सहायकमा ११ जना, प्लम्बर एक जना र हलुका सवारी चालक एकसहित १९ जना कर्मचारीको लागि दरखास्त आह्वान भएको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
अर्थ चौतारी ।