logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एसियन होटलद्वारा ३२ लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

    एसियन होटलद्वारा ३२ लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

    1.3K
    SHARES
    एसियन होटलद्वारा ३२ लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

    काठमाण्डौ । एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको हो ।



     

     

    सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी शंसोधन गर्दै पूँजी संरचनामा पुनर्संरचना गर्ने तथा संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना समेत पुनर्सन्तुलन गर्ने निर्णय पनि ग¥यो ।

     

     

    साथै सभाले १०० अंकित दरका ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्दै प्रशासनिक, वित्तीय र प्राविधिक सुधारका लागि सञ्चालक समितिलाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान ग¥यो ।

     

     

    एशियन होटल लिमिटेड भैरहवा, लुम्बिनी प्रदेशमा अवस्थित चार–तारा स्तरको लक्जरी होटल मा ६६ वटा (“एलीट किंग”, “क्लासिक प्रिमियम”, “सुइट” जस्ता) आधुनिक र आरामदायक कोठा, स्वीमिङ पूल, स्पा र २४–घण्टा स्वास्थ्य क्लब सुविधा उपलब्ध छन् । विवाह, सम्मेलन वा सामाजिक समारोहहरूको लागि बैंक्वेट हल, सम्मेलन हल र पार्टी प्यालेसबाट कम्पनीले उच्च स्तरिय इभेन्ट व्यवसाय गर्दै आएको छ । होटलमा क्यासिनो, तीन प्रकारका बार, फ्री वाइफाइ, मिनीबार, लक्स बाथटब÷जाकुजि, कार पार्किङ, खुला गार्डेन र मनोरञ्जनात्मक गतिविधिहरू जस्तै क्याम्पफायर र गेम स्क्रिन पनि उपलब्ध छन् ।

     

     

    कम्पनीले शेयरधनीहरूप्रतिको विश्वासको पुनः पुष्टि गर्दै, भविष्यमा एशियन होटलको सेवा स्तर र व्यवसाय विस्तारमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

     

    अध्यक्ष पारस अधिकारी ले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र होटललाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटलले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो ।

    कम्पनीले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धकको रुपमा नियुक्ति गरिसकेको छ ।

     


    अर्थ चौतारी
  • विहिबार, ४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट