logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा

    मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा

    1.1K
    SHARES
    मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा

    काठमाण्डौ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा प्रवेश गर्नुभएको छ। उहाँ अवकाशमा गएसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवको रूपमा नियुक्त गरेको हो। एकनारायण अर्याल विसं २०८१ भदौ १३ गते देशको निजामती सेवाको शीर्ष पद मुख्यसचिवमा नियुक्त भएका थिए।



     

    मुख्यसचिवका रूपमा उहाँले शासकीय कामकाज, विकास व्यवस्थापन र सार्वजनिक सेवाप्रवाह सुधारका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उहाँको नेतृत्वमा नीतिगत तथा कानुनी सुधारका कारण सेवा प्रवाहमा देखिंदै आएको ढिलासुस्ती हटेर सहजीकरण भएको छ।

     

     

    जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग संवाद–वार्तामार्फत शान्ति तथा स्थायित्व कायम गर्न योगदान दिएको उहाँको भनाइ छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्राधिकरण गठन, अनावश्यक कार्यविधि र मापदण्ड खारेजीजस्ता कदम पनि उहाँकै कार्यकालमा अघि बढाइए।

     

     

    एकीकृत सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जैविक तथ्याङ्कको प्रयोगलाई प्राथमिकतामा राखिएको थियो। ‘ग्रेलिस्ट’बाट बाहिरिनका लागि सुधारात्मक कार्ययोजना निर्माण र कार्यान्वयनमा समेत सक्रिय भूमिका रह्यो। त्यसै क्रममा सरकारले पहिलोपटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो।

     

     

    सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमसँग जोड्ने लक्ष्यअनुसार राष्ट्रिय परिचयपत्रलाई सेवाको आधार बिन्दु बनाउने प्रणाली–सुधार पनि उहाँकै समयदेखि अघि बढाइएको हो।

     

    अन्तर्राष्ट्रिय सहभागितासहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको निर्माण र कार्यान्वयनमा समेत विशेष जोड दिइएको कार्यालयको भनाइ छ।


    अर्थ चौतारी
  • मंगलबार, ९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट