logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अन्ततः सेबोनले गर्यो मार्जिन कारोबारको मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव माग

    अन्ततः सेबोनले गर्यो मार्जिन कारोबारको मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव माग

    1.2K
    SHARES
    अन्ततः सेबोनले गर्यो मार्जिन कारोबारको मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव माग

    काठमाण्डौ । करिब डेढ दशकदेखि लगानीकर्ताले गर्दै आएको मागपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) अन्ततः मार्जिन कारोबार खोल्न अघि बढेको छ। सेबोनले सोमबार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट ७ दिनभित्र राय–सुझाव माग गरेको हो।



     

    मस्यौदामा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत लगानीकर्ताले सेयर किन्न सक्ने गरी मार्जिन सुविधा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। प्राप्त सुझावका आधारमा निर्देशन अन्तिम रूप पाइने वा सोही मस्यौदालाई नै लागू गरिने सेबोनले जनाएको छ।

     

    मार्जिन सुविधा पाउन कम्पनीले पूरा गर्नुपर्ने योग्यता मस्यौदामा विस्तृत रूपमा राखिएको छ। त्यहाँका अनुसार कुनै कम्पनी मार्जिन योग्य हुन कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको हुनुपर्छ। नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्ला तीन वर्षमध्ये कम्तिमा दुई वर्ष लाभांश वितरण भएको हुनुपर्ने र आईपीओबाट सूचिकृत भएको कम्तीमा दुई वर्ष पूरा भइसकेको हुनुपर्नेछ।

     

    यसबाहेक धितोपत्र बजारले तोकिएका अन्य नियम–कानुन पालना गरेको कम्पनी मात्र मार्जिन कारोबार योग्य हुने प्रस्ताव मस्यौदामा उल्लेख छ।

     

    मार्जिन कारोबारका सबै प्रावधान, प्रक्रिया र शर्तहरू समेटिएको मस्यौदाको पूर्ण पाठ सेबोनले सार्वजनिक गरेको सूचनासँगै उपलब्ध गराएको छ।


    अर्थ चौतारी
  • मंगलबार, ९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट