logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • विद्युत् प्राधिकरणमा पुनः पदबहाली गर्दै हितेन्द्रले भने : अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएँ

    विद्युत् प्राधिकरणमा पुनः पदबहाली गर्दै हितेन्द्रले भने : अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएँ

    871
    SHARES
    विद्युत् प्राधिकरणमा पुनः पदबहाली गर्दै हितेन्द्रले भने : अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएँ

    काठमाण्डौ । सर्वोच्च अदालतबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुन:स्थापित हितेन्द्रदेव शाक्यले अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएको बताएका छन्। कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेलगत्तै गत असोज ५ गते ऊर्जा आयोगमा सरुवा गरिएका उनलाई सोमबार सर्वोच्चले पदमा पुन: बहाली गर्न आदेश दिएको हो।



     

    त्यसपछि आज (बुधबार) प्राधिकरणमा पुनः पद बहाली गर्दै उनले अदालतबाट न्याय पाएको भन्दै खुसी व्यक्त गरेका हुन्।

     

    ‘अहिले विद्युत् प्राधिकरणको एमडी भएकै कारणले जुन दुर्घटना मैले बेहोर्नुपर्‍यो। अरू कुनै कारणले थिएन। त्यसपछिका दुई/ अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएर फर्किएर आएको छु। आफ्ना कार्यक्रमहरूमा पहिलाभन्दा पनि अझ बढी जोस र लगनशीलतासहित काम गर्नेछु’, उनले भने, ‘नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्नेछु। पहिला केही कमजोरी भएका रहेछन् भने पनि त्यो हुन दिन छैन। अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्नेछु। ऊर्जामन्त्रीज्यू र म दुवै एनईएका क्याडर हो। हामीले यो क्षेत्र एक एक हिसाबले बुझेका छौँ। चिलिमेदेखि अनुभवहरू भोगेर आएका छन्।’


    अर्थ चौतारी
  • बुधबार, २४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट