logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन

    एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन

    962
    SHARES
    एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन

    काठमाण्डौ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज केन्द्रीय समितिका लागि उम्मेदवारसँग सम्बन्धित महत्वपूर्ण निर्वाचन कार्यतालिका कार्यान्वयन हुने भएको छ।



    निर्वाचन आयोगका अनुसार आज केन्द्रीय समितिका लागि उम्मेदवारहरूलाई दरखास्त फारम वितरण गरिनेछ भने सोही दिन उम्मेदवारी मनोनयन, दर्ता प्रक्रिया र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। साथै, मतदाता नामावली पनि आजै सार्वजनिक गरिने आयोगले जनाएको छ।

     

    निर्वाचन प्रक्रियालाई निर्धारित समयमै सम्पन्न गर्न आयोगले आवश्यक तयारी पूरा गरेको जनाएको छ। आज उम्मेदवारी दर्ता सम्पन्न भएपछि कुनै उजुरी वा दाबी विरोध परेमा त्यसको व्यवस्थापन गरेर अन्तिम नामावली सार्वजनिक गरिनेछ। आयोगका अनुसार भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय समितिका सदस्य चयनका लागि मतदान हुनेछ। मतदान महाधिवेशनस्थलमै हुने र बन्दसत्रका प्रतिनिधिहरूले मताधिकार प्रयोग गर्नेछन् ।

     

     

    एमालेको ११ औँ महाधिवेशनमार्फत अध्यक्ष, महासचिवसहित केन्द्रीय समिति चयन हुने भएकाले निर्वाचन प्रक्रियालाई पार्टीभित्र अत्यन्त चासोका साथ हेरिएको छ। नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र सांगठनिक संरचना पनि निर्धारण हुने भएकाले बन्दसत्र र निर्वाचनलाई निर्णायक चरणका रूपमा लिइएको छ ।

     

    महाधिवेशनको अन्तिम चरणमा प्रवेशसँगै उम्मेदवारहरूको दौडधुप, आन्तरिक छलफल र समर्थन जुटाउने गतिविधि पनि तीव्र बन्दै गएको छ ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट