logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • एमाले महाधिवेशन : नेतृत्व चयनमा परिवार, जिल्ला र प्यानलको राजनीति

    एमाले महाधिवेशन : नेतृत्व चयनमा परिवार, जिल्ला र प्यानलको राजनीति

    1.7K
    SHARES
    एमाले महाधिवेशन : नेतृत्व चयनमा परिवार, जिल्ला र प्यानलको राजनीति

    काठमाण्डौ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया रोचक मोडमा पुगेको छ । एउटै जिल्लाका नेताहरू एउटै वा फरक-फरक प्यानलबाट कोही उही पदका उम्मेदवार र कोही फरक पदका उमेदवार बनेपछि महाधिवेशनस्थलमा चर्चा र चासो बढेको छ ।



     

    गुल्मी जिल्लाबाट आएका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट दुवै उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । ज्ञवाली अध्यक्षका उम्मेदवार केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उपाध्यक्षका उम्मेदवार छन् । बहालवाला सचिव विष्ट अध्यक्षका अर्का दाबेदार ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धामा छन् । स्मरणीय के छ भने नवौं महाधिवेशनमा यी दुवै नेता लोकप्रिय मतका साथ सचिव पदमा निर्वाचित भएका थिए । यसअर्थमा उनीहरूको पुनः प्रतिस्पर्धालाई अनुभवी नेताहरूबीचको प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ ।

     

    गुल्मी मात्रै होइन, अन्य जिल्लामा पनि एउटै जिल्ला वा पारिवारिक नाताबाट आएका नेताहरू एउटै महाधिवेशनमा उम्मेदवार बनेका छन् । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली स्वयं झापाका नेता हुन् । उनकै गृहजिल्ला झापाबाट हिक्मत कार्की ओली प्यानलबाट सचिव पदका उम्मेदवार बनेका छन् । कार्कीका दाजु दीपक कार्की केन्द्रीय सदस्यका उमेदवार बनेका छन् ।

     

    रुपन्देही पनि दुई पदाधिकारी उम्मेदवार पाएको जिल्ला बनेको छ । ओली प्यानलका उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल र सचिव पदका उम्मेदवार छविलाल विश्वकर्मा दुवै रुपन्देहीका नेता हुन् । यसले एउटै जिल्लाबाट एकभन्दा बढी पदाधिकारी अघि सार्ने प्रवृत्ति यस महाधिवेशनमा सामान्य बन्दै गएको देखाउँछ । नुवाकोट पनि दुवै पक्षबाट पदाधिकारी उम्मेदवार पाउने भाग्यमानी जिल्लामा परेको छ । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बिन्दा पाण्डे र ओली पक्षबाट उपमहासचिवका उम्मेदवार विष्णु रिमाल दुवै नुवाकोटका नेता हुन् ।

     

    फरक–फरक प्यानल भए पनि एउटै जिल्लाका नेताहरू उच्च पदका लागि प्रतिस्पर्धामा उत्रिनुले जिल्ला आधारित प्रभाव कति बलियो छ भन्ने देखाउँछ । काठमाडौं जिल्लामा पनि यस्तै दृश्य देखिएको छ । ईश्वर पोखरेल आफै अध्यक्षका उम्मेदवार रहँदा उनकै प्यानलबाट कृष्णगोपाल श्रेष्ठ सचिव पदका उम्मेदवार बनेका छन् । राजधानी जिल्लाको राजनीतिक हैसियत र प्रभावका कारण यहाँका नेताहरू निर्णायक भूमिकामा देखिएका छन् ।

     

    महाधिवेशनमा पारिवारिक नातासम्बन्ध जोडिएका उम्मेदवारहरू पनि चर्चामा छन् । ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलकी बहिनी मेनका पोखरेल केन्द्रीय सदस्यका उम्मेदवार बनेकी छन् । यस्तै, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीका भाइ रोमनाथ ओली पनि ओली प्यानलबाट केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । ओली प्यानलकै तर्फबाट शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई दुवै केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट