logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • कामना सेवा विकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर प्रदान

    कामना सेवा विकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर प्रदान

    1.4K
    SHARES
    कामना सेवा विकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर प्रदान

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।



     

     

    बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरे ।

     

     

    बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट