logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण

    हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण

    780
    SHARES
    हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गोल्मा देवी आधारभुत विद्यालय धुलिखेल १ मितिनछाप काभ्रेपलान्चोकका विद्यार्थीहरुलाई सुइटर र ब्याग बितरण गरेको छ । कम्पनीले शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरेको हो ।



     

    कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका बागमती प्रदेश प्रमुख हरि शर्मा पौडेलले बीमाको बजारलाई सहजीकरण गर्नको लागि विद्यार्थी र विद्यालय तथा शिक्षक–शिक्षिकाको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

     

    साथै, पेशागत बीमा अभिकर्ता संघका केद्रिय उपाध्यक्ष दामोदर गौतमले मानिसको जीवनमा बीमाको निकै महत्वपूर्ण भूमिका रहेको भएकाले बीमा गर्नु परेको खण्डमा हिमालयन लाइफ इन्स्योरेन्सलाई नै रोज्न सम्पूर्णलाई आग्रह गरेका छन् ।

     

     

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा बाग्मती प्रदेश प्रमुख हरि शर्मा पौडेल, बनेपा शाखा प्रमुख मदन सापकोटा,पेशागत बिमा अभिकर्ता संघ नेपाल केन्द्रिय उपाध्यक्ष दामोदर गौतम, धुलिखेल १ वडा अध्यक्ष सन्त बहादुर तामाङ, प्रधान अध्यापक र शिक्षकहरु, स्कुल ब्यबस्थापन समिति, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको छ ।

     


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट