logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    1.2K
    SHARES
    अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    काठमाण्डौ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ।



     

    नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने छिन् । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

     

    संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

     

    अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट