logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • चन्द्र ढकाल नेतृत्वमा महासंघको एसोसिएट्सतर्फ ज्योत्सना टिम घोषणा, प्यानल नै जित्ने दाबी

    चन्द्र ढकाल नेतृत्वमा महासंघको एसोसिएट्सतर्फ ज्योत्सना टिम घोषणा, प्यानल नै जित्ने दाबी

    182
    SHARES
    चन्द्र ढकाल नेतृत्वमा महासंघको एसोसिएट्सतर्फ ज्योत्सना टिम घोषणा, प्यानल नै जित्ने दाबी

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टिम घोषणा गरेकी छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टिम घोषणा गरेकी हुन्।



    महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समूहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताइन्। नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै उनले यस समयमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। ‘हामी सबै एकजुट भएर काम गरेमात्र मुलुकको व्यावसायिक वातावरणमा सुधार ल्याउन र प्रगति गर्न सक्छौँ’, उनले भनिन्, ‘हामी व्यवसायीहरु अहिले केही कठिन घडीबाट गुज्रिरहेका छौँ। मुलुकमा नयाँ सरकार बनेको छ र यसले केही सकारात्मक कदमहरु पनि चालेको छ। आसाँ छ पक्कै पनि देशले आर्थिक गति लिनेछ।’

    तर, अझै अघि बढ्नका लागि सबै निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको श्रेष्ठले बताइन्। ‘निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य इन्जिन हो भन्ने कुरा राज्यले महसुस गर्नुपर्छ’, उनले भनिन्, ‘मुलुकको जीडीपीमा ८१ प्रतिशतभन्दा धेरै, रोजगारीमा ८६ प्रतिशत र राजश्वमा ८० प्रतिशत बढी योगदान रहेको निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ। यसका साथै यी विषय राज्यले हरेक नीति नियम तथा कानुन निर्माण गर्दा मनन गर्नुपर्छ।’

    राज्यले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्दामात्र मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्नेमा अहिले केही व्यवसायीहरुलाई गिरफ्तार गरिएको घटनाले गम्भीर बनाएको श्रेष्ठको तर्क छ। ‘हामी सरकारलाई अपिल गर्न चाहन्छौँ कि कुनै पनि व्यवसायीलाई आरोपको आधारमा मात्र थुन्ने काम रोकियोस्’, उनले भनिन्, ‘व्यवसायीहरुले आफ्नो व्यवसायको माध्यमबाट वस्तु उत्पादन, सेवा प्रवाह, रोजगारी सृजना र राजस्व संकलन गर्दै राष्ट्रलाई सहयोग गर्दै आएका छन्। एकजना व्यवसायी हजारौँ व्यक्तिको रोजगारी र धेरै वस्तु तथा सेवाको उत्पादन–प्रवाहसँग जोडिएको हुन्छ। तसर्थ, कुनै आरोपको आधारमा मात्र व्यवसायीलाई थुन्ने निर्णय गर्न हुँदैन।’

    यदि अनुसन्धान पूरा गरेर यदि दोषी ठहरिएमा कारबाही गर्नुपर्ने भन्दै श्रेष्ठले त्यसो गर्दा आफुहरुलाई कुनै आपत्ति नरहने र मुलुकमा सुरक्षित तथा स्थिर लगानीको वातावरण रहेको सन्देश दिने बताइन्। व्यवसायीहरुले ढुक्कसँग आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण भएमात्रै लगानी विस्तार हुने उनको तर्क छ।

    यसैगरी कार्यक्रममा महासंघ अध्यक्ष ढकालले ज्योत्सना श्रेष्ठ समूहलाई आफ्ना साथ र सहयोग रहेको बताए। देशका हरेक क्षेत्रमा योगदान दिने निजी क्षेत्रको योगदानलाई सरकाले महत्वपूर्ण स्थान दिनुपर्नेमा उनले जोड दिए।

    श्रेष्ठ नेतृत्वमा आउने नयाँ टिमले महासंघका अधुरा कामलाई पूरा गर्नुपर्ने ढकालले बताए। ‘अहिलेको सरकारले प्राइभेट सेक्टर प्रोटेक्सन प्लानलाई कार्यान्वयनमा ल्याएको भन्दै त्यसलाई तदारुपकताक साथ अघि बढाउनुपर्छ’, उनले भने, ‘म सर्वसम्मतको पक्षमा भए पनि अन्तत चुनावी प्रक्रियामा प्रवेश गरिसकेकाले महासंघको आसन्न निर्वाचनमा श्रेष्ठ समूहलाई जितको शुभकामना दिन्छु।’

    कार्यक्रममा आफ्नो समूहका बारेमा जानकारी दिँदै सचिन ढकालले निजी क्षेत्र र सरकारबीच सहकार्य गर्दै नीतिगत रुपमा काम गर्न श्रेष्ठ टिम महासंघको चुनावमा टिमसहित आएको जानकारी दिए। ‘श्रेष्ठको टिमलाई जिताउन भनेको व्यक्तिलाई जिताउनुमात्रै होइन निजी क्षेत्रको हकहितका लागि काम गर्नका लागि हो’, ढकालले भने, ‘अबका दिनमा देशमा उद्याग–व्यवसाय गर्ने वातावरण निर्माण गर्नु जरुरी छ।’

    ज्योत्सना श्रेष्ठ समूहमा पुराना खारिएका र नयाँ युवाहरु जोससहित आएकाले महासंघलाई अझ नयां तरिकाबार अघि बढाउन सक्ने महासंघक पूर्व कोषाध्यक्ष शशिकान्त अग्रवालले बताए।

    कार्यक्रममा महासंघका पूर्वकोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठले ज्योसना श्रेष्ठ समूहले उद्योगी–व्यवसायीको हितमा काम गर्न सक्ने भन्दै जितको शुभकामना दिए। अहिलेको अवस्थामा उद्योगी व्यवसायीको संघसंस्था बचाउनु चुनौती बढ्दै गएको नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले जानकारी दिए। यसका साथै व्यवसायीको हकहितमा काम गर्ने महासंघ बनाउनका लागि पनि ज्योत्सना समूहलाई जिताउनुपर्ने उनको भनाइ थियो।

    कार्यक्रममा महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी–व्यवसायीलाई बचाउदै नीतिगत सुधारका लागि काम गर्नुपर्ने बताए। कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं सार्क चम्बर अफ कमर्शका अध्यक्ष चाडीराज ढकालले ज्योत्सना श्रेष्ठ नेपाली उद्योग व्यवसाय र चेम्बर मुभमेन्ट बुझेको व्यवसायी रहेको भन्दै उनको नेतृत्वमा महासंघल व्यवसायीको हकहितमा काम गर्न सक्ने बताए। साथै, व्यवसायी हकहितका लागि पनि यो समूहको जित आवश्यक रहेको उनले बताए।

    यसैगरी महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघमा अब उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने सशक्त समूहलाई जिताउन आवश्यक रहेको बताए। कर्यक्रममा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करणज राजकर्णिकारले अहिले नेपाली नीजि क्षेत्रलाई कठिन कालखण्ड रहेको जानकारी दिए। ‘अब निर्वाचित भएर आउने यस समूहले उद्योगी–व्यवसायीको हकहितमा काम गर्नुपर्छ’, उनले भने।

    यस्तै महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले यसअघि महासंघको उपाध्यक्ष रहेर उद्योगी–व्यवासायीको हितमा कुशल रुपमा काम गरेकोले अहिलेको अवस्थामा पुनः उनको नेतृत्व आवश्यक रहेको बताए। यो समूहले सबै क्षेत्रलाई समेटेर अघि बढेकाले सो समुहलाई जिताउनु पर्ने बताए। नेपालको उद्योग व्यवसाय असाधारण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले अबका दिनमा सरकारसँग नीतिगत पहल गर्नुपर्ने बताए। अहिले महासंघको पूर्वअध्यक्ष शेखर गोल्छालाई अनुसन्धानकै लागि थुनामा राख्दा उद्योगी–व्यवसायीको मनोवल गिरेको उनको भनाइ थियो।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट