logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

    सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

    91
    SHARES
    सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज वैशाख १७ गते बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड गर्न लागेको हो।



    कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

    शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ । कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् ।

    कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट