logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रदर्शनका नाममा लुटधन्दा मच्चाउनेलाई कारबाही नगर्नु सरकारको गम्भीर कमजोरीः माधव नेपाल

    प्रदर्शनका नाममा लुटधन्दा मच्चाउनेलाई कारबाही नगर्नु सरकारको गम्भीर कमजोरीः माधव नेपाल

    2K
    SHARES
    प्रदर्शनका नाममा लुटधन्दा मच्चाउनेलाई कारबाही नगर्नु सरकारको गम्भीर कमजोरीः माधव नेपाल

    काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रदर्शनका नाममा लुटधन्दा मच्चाउनेमाथि कारबाही नहुनु गम्भीर विषय विषय भएको बताएका छन् ।



     

    देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

     

    ‘जेनजी प्रदर्शनका क्रममा उठाइएका भ्रष्टाचार नियन्त्रण गर्ने, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने कुराहरु जायज थिए । जब मानिसलाई सत्तामा लिप्त हुन्छन् उनीहरु समस्या समाधानमा लाग्दैनन्, छलफल गर्दैनन्,’ नेपालले भने, ‘तर, आन्दोलनका नाममा भएको आगजनी, लुटधन्दा र तोडफोड गम्भिर अपराध हो ।’

     

    उनले तोडफोड गर्नेहरुमाथि कारबाही नहुनु, दण्डित नगरिनु कुनै हालतमा उचित नभएको बताउँदै यसले सरकारमाथि पनि प्रश्न उठाउने बताए । सरकारले त्यस्तो लुटधन्दाको काम गर्नेहरुलाई जुनसुकै हालतमा कारबाही गर्न आवश्यक रहेको बताए ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट