logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • इन्धनको मूल्य घटेसँगै सबै गन्तव्यको हवाई भाडा सस्तियो, कहाँ कति घट्यो ?

    इन्धनको मूल्य घटेसँगै सबै गन्तव्यको हवाई भाडा सस्तियो, कहाँ कति घट्यो ?

    1.9K
    SHARES
    इन्धनको मूल्य घटेसँगै सबै गन्तव्यको हवाई भाडा सस्तियो, कहाँ कति घट्यो ?

    काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सबै गन्तव्यको हवाई भाडा सस्तिएको छ । नेपाल आयल निगमले विहीबार (१७ पुस)देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि काठमाडौं र बाहिरबाट उडान हुने सबै गन्तव्यको हवाई भाडा घटाएका छन् ।



     

    नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवालाई शुक्रबार (१८ पुस)देखि नै लागू हुने गरी इन्धनको शुल्क घटाउन निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनपछि इन्धनको शुल्क घट्दा यात्रुले हवाई भाडासँगै तिर्ने टिकेटको मूल्य पनि सस्तो पर्ने भएको छ ।

     

    इन्धनको मूल्य घटेका कारण काठमाण्डौ विमानस्थल केन्द्रित भएर हुने उडान अवतरणमा सबैभन्दा बढी धनगढीको भाडा घटेको छ । यो गन्तव्यमा २६५ रुपैयाँले भाडा घटेको छ । हाल ५९ सय २० रुपैयाँ काठमाण्डौ धनगढी गन्तव्यको हवाई इन्धनको शुल्क रहेकोमा अब ५६ सय ५५ रुपैयाँ हुने भएको छ । यो शुल्कसँगै यो गन्तव्यको भाडामा २६५ ले सस्तिएको हो ।

     

    काठमाण्डौबाट हुने उडान अर्थात ट्रङ्क रुटको हवाई भाडामा माउन्टेन २१०, भन्द्रपुर १८०, विराटनगर १४०, जनकपुर ७५, भरतपुर ६५, पोखरा ९५ र भैरहवाको १२५ रुपैयाँले इन्धनको शुल्क घटेको छ । यस्तै नेपालगन्ज १९५, तुम्लिङटार ११०, सिमरा ५५, सुर्खेत २१० र राजविराजको १२५ रुपैयाँले इन्धको शुल्क घटेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट