logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • नेपालगन्जमा ३ तीन राउन्ड हवाई फायर गरी लागू औषध कारोबारी नियन्त्रणमा

    नेपालगन्जमा ३ तीन राउन्ड हवाई फायर गरी लागू औषध कारोबारी नियन्त्रणमा

    1.9K
    SHARES
    नेपालगन्जमा ३ तीन राउन्ड हवाई फायर गरी लागू औषध कारोबारी नियन्त्रणमा

    बाँके । लागुऔषध नियन्त्रण अभियानका क्रममा बाँके प्रहरीले गोली प्रहार गरि एकजनालाई ठुलो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट नवीन शाही ठकुरिकोको नेतृत्वमा खटिएको टोलिले विशेष सुचनाका आधारमा लागु औषध खैरो सहित पक्राउ गरेको छ ।



     

    नेपालगन्ज–४ गणेशपुर नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेकाेमा हवाई फायर गरि एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

     

    प्रहरीका अनुसार भाग्ने प्रयासका क्रममा प्रहरी टोलीमाथि आक्रमण गर्दै फरार हुन खोजेपछि प्रहरीले तीन राउन्ड हवाई फायर लागु औषधकर्तालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, जिल्ला बहराइच रुपैडिहा थाना बस्ने ३५ वर्षिय इलियास अहमद रहेका छन् । पक्राउ परेका इलियासको साथबाट लागुऔषध ब्राउन सुगर २८० ग्राम १६० मिलिग्राम बरामद भएको डीएसपी पातलीले बताए।

     

    बरामद लागुऔषधसहित पक्राउ परेका इलियास अहमदलाई बाँके जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट