logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल–इटाली चेम्बरको वार्षिक साधारणसभा, सञ्जय अग्रवाल पुनः अध्यक्ष

    नेपाल–इटाली चेम्बरको वार्षिक साधारणसभा, सञ्जय अग्रवाल पुनः अध्यक्ष

    1.2K
    SHARES
    नेपाल–इटाली चेम्बरको वार्षिक साधारणसभा, सञ्जय अग्रवाल पुनः अध्यक्ष

    काठमाण्डौ । नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (निक्की)ले काठमाण्डौमा आफ्नो १२औँ वार्षिक साधारणसभा गरेको छ। सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यावसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको निक्कीले जनाएको छ।



    सभामा संरक्षक राजेशकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। निक्कीका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्व उल्लेख गरे।

    वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित भएका छन्। जसले उनको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिविम्बित गर्ने निक्कीको भनाइ छ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि निक्कीका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा निक्कीको भूमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए।

    कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘मेम्बर अफ द इयर २०२५’को सम्मान प्रदान गरिएको थियो भने कल्याण सिलवाललाई ‘निक्की सीएसआर कम्युनिटी अवार्ड २०२५’ प्रदान गरिएको थियो। नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको निक्कीको भनाइ छ।


    अर्थ चाैतारी
  • सोमबार, २८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट