logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • साउदीबाट आइएमई मार्फत पैसा पठाउँदा बीवाईडी एटाे वान जित्ने अवसर

    साउदीबाट आइएमई मार्फत पैसा पठाउँदा बीवाईडी एटाे वान जित्ने अवसर

    1.7K
    SHARES
    साउदीबाट आइएमई मार्फत पैसा पठाउँदा बीवाईडी एटाे वान जित्ने अवसर

    काठमाण्डौ । आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो अनुप्रयोग प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।



    यस योजनाअन्तर्गत ठुलो पुरस्कार स्वरूप एकजना भाग्यशाली विजेताले बीवाईडी एटाे १ विद्युतीय गाडी प्राप्त गर्नेछन् । त्यस्तै, मासिक रूपमा दुईजना विजेताले याडिया ओविन विद्युतीय स्कुटर जित्नेछन् भने साप्ताहिक भाग्य ड्र मार्फत १२ जना भाग्यशाली विजेताले आइफोन १७ प्राप्त गर्नेछन् ।

    टिक्मो मार्फत सञ्चालन हुने यस उत्सव योजनामा कुल १५ जना सहभागी उपहार पाउनेछन् । सबै विजेताको छनोट पारदर्शी डिजिटल भाग्य ड्र प्रणालीमार्फत गरिने आइएमईले जनाएको छ ।

    साउदी अरबमा वैदेशिक रोजगारी गरिरहेका नेपालीहरूले कमाएको रकम सुरक्षित, छिटो र विश्वसनीय रूपमा नेपालमा रहेका आफ्ना परिवारजनसम्म पठाउँदै आएका छन् । डिजिटल प्रविधिको तीव्र विकाससँगै पैसा पठाउने प्रक्रिया अझ सहज र सरल बनेको आइएमईले जनाएको छ ।

    आइएमईले वैदेशिक रोजगारीमार्फत देशमा भित्रिने पैसा, सीप र प्रविधिको महत्वलाई प्रोत्साहन गर्दै, विदेशबाट पैसा पठाउँदा उपहार जित्ने अवसरसमेत प्रदान गरेको बताएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट