logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • अठार फर्ममा विभागको अनुगमन निरीक्षण

    अठार फर्ममा विभागको अनुगमन निरीक्षण

    1.2K
    SHARES
    अठार फर्ममा विभागको अनुगमन निरीक्षण

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौ र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ ।



    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो ।

    विभागले नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट