काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा तुलसीराम ढकाल चयन भएका छन् । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले ढकाललाई पुस २९ गतेदेखि नै लागू हुने गरि अध्यक्ष पदमा चयन गरेको हो। ढकाल चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व गर्दै मध्य भोटेकोशीमा संचालक सदस्य थिए।
यस अघि नेपाल विद्युत प्राधिकरणबाट प्रतिनिधित्व गर्ने सुभाष कुमार मिश्र मध्य भोटेकोशीको अध्यक्ष थिए। तर मिश्रले उमेर हदका कारण पुस २८ गतेदेखि प्राधिकरणबाट अनिवार्य अवकाश पाएका छन् । त्यसपछि रिक्त अध्यक्ष पदमा ढकाल चयन भएका हुन्। प्राधिकरणले कम्पनीमा निर्देशक टेकनाथ तिवारीलाई संचालक चयन गरि पठाएको छ।
यस्तो छ कम्पनीको अबको संचालक समिति
तुलसीराम ढकाल- अध्यक्ष , चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व
टेकनाथ तिवारी-सञ्चालक, नेपाल विद्युत प्राधिकरणबाट प्रतिनिधित्व
बाबुराजा महर्जन-सञ्चालक, चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व
नारायण प्रसाद आचार्य-सञ्चालक, चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व
गोविन्द प्रसाद पराजुली-सञ्चालक, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व
रामकुमार थेबे -सञ्चालक, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व
भूमिनन्द अर्याल-सञ्चालक, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व
रमा खड्का-सञ्चालक , सर्वसाधारण महिला शेयरधनीबाट प्रतिनिधित्व
अर्थ चाैतारी ।