logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर खड्का

    विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर खड्का

    845
    SHARES
    विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर खड्का

    काठमाण्डौ । नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ ।



     

    शुक्रवार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुभएका कार्यवाहक सभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षर कर्ताहरुले हस्ताक्षर फिर्ता लिएको बताउनु भयो । हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको बताउनु भयो । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उहाँको भनाइ छ ।

     

    उहाँले भन्नुभयो, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिचवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’

    गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ । –न्युज एजेन्सी नेपाल


    अर्थ चौतारी
  • शुक्रबार, २ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट