logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रस्तावित लाभांश आज पारित गर्दै

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रस्तावित लाभांश आज पारित गर्दै

    1.7K
    SHARES
    हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रस्तावित लाभांश आज पारित गर्दै

    काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आज माघ ६ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।



    लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म शेयर किन्नेले शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

    सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट