logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • चलचित्र विधेयक २०८१ को मस्यौदा प्रतिवेदन पारित

    चलचित्र विधेयक २०८१ को मस्यौदा प्रतिवेदन पारित

    1.3K
    SHARES
    चलचित्र विधेयक २०८१ को मस्यौदा प्रतिवेदन पारित

    काठमाण्डौ । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो ।



    समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ ।

    त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ । सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूचि तय गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट